Saturday, April 30, 2011

चिरफार कुखुराको


हाम्रो खानेकुरा कति स्वस्थ छ ? हामीले खानेगरेको कुखुराको मासु कति स्वस्थकर कति अस्वस्थकर छ ? यसो एकफेर सोचौँ त ।

नेपाल वातावरण पत्रकार समूहको कार्यालयमा भएको एक कार्याशालामा पत्रकार एवं उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ बाट केही कुरा थाहा भयो । उहाँले हामीले उपभोग गरिरहेको कुखुराको मासु कति स्वस्थ छ ? भनेर उदाहरण दिनुभएको थियो ।

कुखुरा उत्पादन गर्न प्रशस्त दाना चाहिन्छ । त्यहि दाना खान दिएर मोटा, कसिला कुखुरा उत्पादन हुन्छ । व्यापारीहरू कुखुराको दानामा एन्टिबायोटिक र रसायन मिसाउछन् । दानामा मिसाइएको रसायनिक पदार्थले चल्लालाई भोक जगाइ खाएको खायै गर्न लगाउँछ । अनि एन्टिबायोटिकले यसले खाएको दानाबाट यसको मासु बढाउन मद्दत गर्छ । यसरी प्रकृतिमा डुल्दै खाएको पचाउँदै हुर्कनुपर्ने चल्लालाई बत्तिमुनिकै उज्यालोमा हुर्काइन्छ । फुलबाट निकालिएको चल्ला ३२ दिनमा बेच्नको निम्ति तयार पारिन्छ ।

कुखुराको शरिरमा भएको त्यो रसायन १६० डिग्रीको तापमानमा मात्र नस्ट हुन्छ । कुखुराको मासु प्रेसर कुकरमा उसिनेर पकाउने हो भने पनि त्यसमा १२० डिग्रीको तापक्रममा नै सिट्ठी लाग्छ । यसरी प्रेसर कुकरमा पकाउँदा पनि रसायनको प्रभावलाई नस्ट गर्न सकिँदैन । अधिकांश नेपालीले मासु पकाउने भनेकै कराहीमा हो , त्यसमा कहाँको १६० डिग्री को तापक्रममा पकाउनु ?

यसरी हामीले खाने कुखुराको मासुमा एन्टिबायोटिक र अरु रसायन पदार्थको मात्रा सोझै हाम्रो शरीरमा प्रवेश गर्छ । अनि त्यसकै प्रभावले गर्दा हाम्रो शरिर उचाई बाट बढ्नुको सट्टा पेटबाट मोटाइ बढ्न पुग्छ । मोटो शरिर रोगको घर नै हो । उपभोक्ताको शरिरमाथि हुने यस्तो असरको हेक्का दाना व्यापारी वा कुखुरा व्यापारीलार्ई हुँदैन । तर यो सरासर मान्छेको स्वास्थ्यमाथि गरिएको खेलबाड हो । यसरी व्यापारीको धनलाभको खातिर उपभोक्ताको स्वास्थ्य खतरामा पर्छ । उपभोक्तामाथि हुने यस्ता अन्याय विरुद्ध सचेत वर्गले खबरदारी गर्नुपर्छ ।

Saturday, April 16, 2011

म फेरी आउँदैछु

लोडसेडिङ र कामको लोडले गर्दा केही समय ब्लगिङबाट केही टाढा भएको भएपनि मेरो भावनाहरू पोखिने एकमात्र विकल्प त आखिर ब्लग नै हो । अब म पुनः यसलाइ निरन्तरता दिन भरभूर प्रयास गर्नेछु । शुभकामना ब्ल्गर दाइ, दिदिहरू एवं मित्रहरूमा नववर्ष २०६८ को ।