Tuesday, July 17, 2012

केही ट्रक सायरीहरू

हिमालमूनि ताल, तालमूनि बेताल


बुद्ध जन्मेको देशमा बुद्धिकै अनिकाल



जन्म मेरो इन्डिया,ट्याक्टर मेरो नाम

कर्म मेरो यस्तै रैछ, भारी बोक्ने काम



कलम रोए अक्षर बन्छ, कवि रोए कविता

धनि मरे श्रद्धाञ्जली, गरिब मरे रमिता



चम्किरहोस् तिम्रो नाम, आकाशको तारा सरी

लम्कीरहोस् तिम्रो पाइला उन्नतीको बाटो भरी



भन्न सजिलो गर्न गाह्रो

अन्न ओखती, व्यथा साह्रो



पैसा गयो प्रेम गयो, अनि गयो व्यापार

दर्शन पनि दूर्लभ भयो, जब दियो उधार