Friday, November 23, 2012

पुरानो गीत सुन्नुको मज्जा

पुराना नेपाली गीतका संगीत र शब्दले मन भरिन्छ । तर original नभेटिएपछि यहि रिमिक्सले नै मन भरेँ ।
तपाइँ पनि क्लिक गरी सुन्नुस् है ।



Friday, November 16, 2012

सेलिब्रेटीका ठूला कुरा


नेपालका सेलिब्रेटी भनाउँदाहरुका अन्तरवार्ता आएपछि कसो कसो पढुँ न त भन्ने लागेर पढ्न सुन्न र हेर्न लाग्छु । यि अन्तरवार्तामा प्रायः सबै प्रश्न र उत्तरहरू उस्तै हुने गर्छ अनि बेकार पढिएछ , हेरिएछ भन्ने लाग्छ । अझ झर्को लाग्ने कुरा त के भने, सबैलाइ नछुटाइने एउटा प्रश्न तपाइँलाइ आफ्नो कमजोरी के हो जस्तो लाग्छ ?

यो प्रश्न जति झर्को लाग्दो छ , यसको उत्तर झन् बढि झर्को लाग्दो छ ।

हजुर तपाइँले पनि यसको उत्तर ख्याल गर्नुभएको होला म जोकोही मान्छेहरूलाई पनि चाँडो विश्वास गर्छु । यो बानी चाहिँ सुधार्नै सकिएन ।

अधिकांश सफल ठानिएका सेलेब्रेटीका यस्ता कुरा सुनेर हैरान हुन्छु ।

अरुलाई धेरै विश्वास गर्ने मान्छे सायदै यसरी चर्चामा चुलिन्थे होलान् । अनेक ठाउँमा धोका हुन्थ्यो, धेरै क्षति हुन्थ्यो होला । पाठक, श्रोता र दर्शकका आँखामा छारो हालेर यस्ता उत्तर दिनेहरू प्रति दया आउँछ । कठै .. । यिनको यो नराम्रो बानी चाहीँ चाँडै सुध्रोस् है । हामी शुभचिन्तकहरु यहि त कामना गर्न सक्छौँ क्यारे अरु त के गर्न सक्छौँ र ? की कसो ?