Monday, October 7, 2013

गीतले मन छोएपछि

बिहान एफ.एम.रेडियो सुन्ने क्रममा बेला बेला गजब लाग्ने गीतहरू पनि सुन्न पाइन्छ । एक दिन यो गीत सुनियो । गीतको शब्दमा भनिएको छ-

चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा, पखेरीमा घाँस काट्न जान्या छैन भन्दैमा, मलाई नेपाली हैन भन्न कहाँ पाइन्छ ? म त नेपालको माया गर्ने छोरी मलाई म जस्तै माया चाहिन्छ ।

घर पुगेर यो गीत सुन्न you tube देखी लिएर अडियो खोज्ने धेरै website मा यो गीत खोजियो तर भेटिनँ । साह्रै नै झोँक चल्यो । करिब दुई हप्ता पछि बल्ल बल्ल अडियो सुन्न चाहिँ पाएँ पुरै गीत । जति पटक सुने पनि अघाइनँ । त्यसपछि original भिडियो नपाएकोले यो भिडियो पनि धेरैले खोजिरहनु भाको होला भनेर आफैले यो फोटो भिडियो जोडजाड गरेँ । कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला है । सुन्नको लागि तल क्लिक गर्नुहोला ।