Monday, August 12, 2013

घर फर्कने कसरी ?



स्कूलमा छुट्टी भो पानी प¥यो बेस्सरी
रुझी जानु हुँदैन, घर फर्कने कसरी ?



पानी पर्न नरोकी सकिन्न घर फर्कन
अँध्यारो भो झन्, झनै पानी थाल्यो दर्कन
बसी राख्नु कतिन्जेल, हुँदैन कि यसरी ?
उपाय क्यै सुझेन, घर फर्कने कसरी ?


हिजो छाता ल्याउँदा पानी पर्दै परेन
आज पानी पर्ला कि, विचार नै गरिनँ
चल्न थाल्यो बतास, आँधी आए जसरी
आमा आउनुहोला कि, घर फर्कने कसरी ?

(दाजु एकल यात्री ले लेख्नुभएको यो बाल कविता प्रत्येक वर्षातमा सम्झने गर्छु । )