Wednesday, July 1, 2015

कहाँ पढ्दा ठिक ? कलेज कसरी रोज्ने ?



S.L.C. पास भएपछि अबको पढार्इ कहाँ, के विषय लिएर गर्ने ? यो प्रश्नले प्रत्येक साल विद्यार्थी र अभिभावक लार्इ तनावमा ल्याउँछ भने शैक्षिक माफियालार्इ दशैँ ल्याउँछ..।
यहि तनावमा एकजना गुरू (+2 मा ट्यूसन पढाउने सर) यसपाली S.L.C. दिएर बसेकी एक छात्रालार्इ अब के गर्ने, कहाँ पढ्ने सल्लाह दिँदैछन् , हामी सुनिरहेछौँ ‍। कस्ता छन् सल्लाह तपाइँ पनि पढ्नुहोस् ।
तस्वीर साभार- नागरिक दैनिक ।

Ø  साथीहरूले जहाँ पढ्छन् त्यहीँ पढ्छु भनेर पछी लाग्ने बेला यो होइन , घरको आर्थिक अवस्था कस्तो छ त्यो पनि ख्याल गर्नुपर्छ.....
Ø  यो मात्र दुर्इ वर्षको पढार्इ भएकोले यसपछिको लागि बरू लगानी छुट्याइ राख्ने तर +2 पढ्न धेरै खर्च नगर्नु...
Ø  मलार्इ त के छ र जुनसुकै +2 मा मैले students recommend गरेपनि एक जना बापद दुर्इ हजार रूपैँयाँ कमिशन दिन्छन् ।
Ø  के गर्ने सरकारी स्कूलबाटै S.L.C. दिएर आएका भए पनि सामुदायिक +2 मा पढ्न रूचाउँदैनन् विद्यार्थीहरू। वास्तवमा दुर्इ वर्षको +2 पढार्इ त सामुदायिक कलेजमै पढ्दा पनि हुने हो ।
Ø  एउटा कलेजमा फर्म भर्दैमा त्यहिँ नै पढ्नुपर्छ भन्ने पनि छैन । बजारमा सपिङ गर्दा एउटा मात्र पसलबाट सबै सामान किन्ने गरिन्छ र ? बजारमा जुन पसलको सामान टिकाउ, सस्तो छ, आफूलार्इ चित्त बुझ्छ त्यहिँ किन्ने हो । कलेज पनि एउटामा मात्र पसेर final decision नलिनु ।
Ø  अहिले सुरूवातमा निशुल्कः वा Heavy Discount भनिए पनि पछि गएर विभिन्न बाहानामा पैसा बढाउन सक्छन् +2 को भर हुन्न । त्यसैले Monthly fee मा कति % Discount भनेर सोध्ने नै होइन, वर्ष भरी जम्मा कति हजार लिनुहुन्छ ? भनेर कलेज सँग bargaining गर्न सके राम्रो । उधारो अश्वासनको पछि नलाग्नु ...