Showing posts with label तस्वीर कुनो. Show all posts
Showing posts with label तस्वीर कुनो. Show all posts

Tuesday, January 14, 2014

कम्प्यूटर मेलामा एकछिन

Computer Association Nepal (CAN) ले प्रत्येक वर्ष गर्ने कम्प्यूटर मेला यसपाली पैाष महिनामै आयोजना गर्‍यो । त्यहिँ गरिएको केही क्लिक यहाँ राख्दैछु ।
हुलमुलमा पर्स जोगाउनु (ठूलो हलमा भन्दा बाहिर पट्टी राखिएका स्टलमा बढि कारोबार भएको देखिन्थ्यो ।

SONY ब्राण्डका क्यामराहरू हेर्दै पारखीहरू

इन्टरनेट कुना : फास्ट इन्टरनेट देखाएर लोभ्याउन जानेका । टेस्ट त राम्रै गराउँछन्, पैसा तिरेर सेवा लिने बेला पो इन्टरनेटमा समस्या देखिन्छ त ।
यसपाली पनि ल्यापटपकै भारी प्रदर्शन थियो ।

कम्प्युटरका महंगो कोर्ष पढ्दा जागीर पक्का रे ।


अब कता जाने ? : मेलामा एक्लो म

Monday, December 28, 2009

सभ्य पत्रकार


शायद क्याम्सका शौचालयका भित्तामा जथाभावी कुराहरू लेखिनु नौलो कुरा होइन । गएको साता संयोग परेर भनौँ की हतार भएर एउटा राष्ट्रिय दैनिक पत्रिकाको कार्यालयको शौचालयमा पसियो । हुन त शौचालय प्रयोग गरिसकेपछि पानी भएको ठाउँमा सबैले पानी खन्याउँछन् जस्तो लाग्छ तै पनि त्यहाँ शौचालय प्रयोग गरिसकेपछि पानीले सफा गर्नको लागि अंग्रेजीमा सूचना टाँसिएको थियो । तर अचम्म, टाँसिएको प्रत्येक सूचनालाई हस्तलिखित अक्षरमा जवाफ पो लेखिएको रहेछ । "म अंग्रेजी बुझ्दिन कृपया नेपालीमा लेख्नुहोस्" भन्ने देखि "टाइम पनि त हुनु पर्‍यो नि" भन्ने सम्मका जवाफ त्यहाँ थिए । पत्रकारितालाई मर्यादित पेसा भनिन्छ , तर नेपालका कति पत्रकार कुन स्तरले सभ्य छन् ? यो प्रश्न उठाउन पाइन्छ कि पाइँदैन मलाई थाहा छैन । अधिकांश पत्रकारले मात्र प्रयोग गर्ने त्यो शौचालयको सूचना र जवाफले म त छक्क परेँ अनि गरिहालेँ क्लिक क्लिक
।

Wednesday, December 2, 2009

फोहोरमा जीवनको खोजि र अरू तस्वीरहरू

सर्टकर्ट बाटोबाट बल्खु पुग्न बाग्मतीको किनारै किनार जाँदै थिएँ । ललितपुर उपमहानगरपालिका भित्रको सम्पूर्ण फोहोर अचेल त्यहीँ फ्याँकिने गरेको रहेछ । फोहोरको गाडी आएको मात्र के थियो फोहोरको लुछाचुँडी गर्न तँछाडमछाड गर्दै मानिसहरूको भिड लागिहाल्यो । जसले बढि प्लास्टिक संकलन गर्न सक्यो उसैले धेरै कमाउने । त्यसैले कोही कोही त फोहोर खसाल्दै गरेको ट्रिपरमै चढेको पनि देखेँ । अनि क्यामरा निकालेर क्लिक गरिहालेँ ।
"ए,भाइ के गरिरहेको ? " पछाडिबाट कसैले बोलाएको थियो । "फोहोरमा झुम्मिएको मान्छेको भिड देखेर फोटो खिचेको दाइ ।" उनले फेरी बोले - "त्यसो नगर्नु ।" म अलमलमा परेँ । किन र दाइ ? यहाँको फोटो खिच्न मिल्दैन र ? उनी केही बोलेनन् बरू घुरेर हेरिरहे । मैले दुइ चार वटा फोटो लिएर गइहाल्छु भनेँ । उनी चुपचाप थिए । एकै छिनमा उनी त साइडमा रहेको ट्रेन चलाएर फोहोरलाइ नदीमा झार्न पो थाले । यो काम दिनदिनै हुने रहेछ । सायद नदीमा फोहोर फ्याँक्ने यो कामबारे कतै ठूलै मिडियामा छापिने त होइन भन्ने डरले उनले मलाइ रोकेका रहेछन् । उनले मुखले त यो कुरा भनेनन् तर मैले व्यवहारबाट यस्तै चाल पाएँ । ल हेर्नुहोस् त कसरी फोहोर खसालिँदै छ नदीतिर ।




अनि यो वस्ती चाहिँ बाग्मती किनारकै नेपाली स्लमनगर ।

आन्दोलनको तस्वीर होइन यो । त्यही बाग्मती किनारकै छेउमा भएको कवाडीमा रहेको बसको अस्थि हो ।


घर जान टि.यू.बाट हिँड्दै गर्दा फूलैफूल भएको यो बाटोले पनि मलाइ तानिहाल्यो अनि यो पनि जोडिदिएँ ।

Thursday, March 12, 2009

पानी हो जिन्दगानी

किर्तिपुरको समलमा देखिएको पानीको अभाव (फोटो र भिडियोमा)
















पानी जात्रा






कहिले आउला मेरो पालो






पर्खाइमा वितिरहेका विहानहरू






गन्तव्य





लाइनको लम्बाइ






पानी विवाद