महिला यात्रुको लागि गाडिहरुले पालैपालो समय दिनुपर्ने हुन्छ । सो समयमा भएको टिपले अरुबेलाको भन्दा आधि कमाइ पनि हुँदैन । त्यसैले सकेसम्म यि गाडिहरु आफ्नो पालो नआइदेओस् भनेर सोच्छन् । एक त यात्रुको चाप धेरै भएको किर्तिपुर सडक खण्ड , त्यसमाथि थोरै गाडि मात्र छन् । त्यसैले धेरै प्रशंसा भएको काम भए पनि महिला यात्रु विशेष गाडि सञ्चालन भइरहनेमा भने शंका छ । दुखको कुरा खलासीहरु भने त्यो गाडिमा जान हत्ते गरिरहेको देखिन्छ । पुरुष यात्रुलाइ वर्जित गरिएको सो गाडिमा खलासीहरु भने अलिमाथि ग्यारेज सम्म जाने भन्दै एउटै गाडिमा चारपाँच जना झुण्डिन आइपुग्छन् । यो कस्तो विडम्बना, जसबाट जोगिन/जोगाउन यो व्यवस्था गर्नुपर्यो, उनिहरुनै अघि सरिरहेछन् अहिले पनि ।
Saturday, October 31, 2009
हरे यस्तो चाला , कहिले पो जाला
महिला यात्रुको लागि गाडिहरुले पालैपालो समय दिनुपर्ने हुन्छ । सो समयमा भएको टिपले अरुबेलाको भन्दा आधि कमाइ पनि हुँदैन । त्यसैले सकेसम्म यि गाडिहरु आफ्नो पालो नआइदेओस् भनेर सोच्छन् । एक त यात्रुको चाप धेरै भएको किर्तिपुर सडक खण्ड , त्यसमाथि थोरै गाडि मात्र छन् । त्यसैले धेरै प्रशंसा भएको काम भए पनि महिला यात्रु विशेष गाडि सञ्चालन भइरहनेमा भने शंका छ । दुखको कुरा खलासीहरु भने त्यो गाडिमा जान हत्ते गरिरहेको देखिन्छ । पुरुष यात्रुलाइ वर्जित गरिएको सो गाडिमा खलासीहरु भने अलिमाथि ग्यारेज सम्म जाने भन्दै एउटै गाडिमा चारपाँच जना झुण्डिन आइपुग्छन् । यो कस्तो विडम्बना, जसबाट जोगिन/जोगाउन यो व्यवस्था गर्नुपर्यो, उनिहरुनै अघि सरिरहेछन् अहिले पनि ।
Tuesday, October 13, 2009
प्रशिक्षार्थी पत्रकार अलपत्र
स्थान – गोरखापत्र दैनिकको समाचार कक्ष
समय– मध्यान्हको बाह्र बजे
" तपाइँहरु यहाँ आउनु त भयो तर , तपाईहरु पाँचै जनालाई भने लिन सक्दैनौ । तपाइँहरु मध्ये दुई जना लाइ चाहीँ लिन सक्छौं । के गर्ने सबै कलेज बाट आउनेलाई स्थान दिनै पर्यो । " समाचार शाखा प्रमूखको यो कुरा सुनेपछि रत्न राज्य क्याम्पसबाट दुइमहिने कार्यमूलक पत्रकारिता (इन्टर्नसिप) का लागि गएका विद्यार्थीहरु आपसमा मुखामूख गर्न थाले । यसवर्ष आर.आर. क्याम्पसमा वि.ए. दोस्रो वर्षका करिब दुइसय विद्यार्थीहरुले प्रयोगात्मक कक्षा अन्तर्गत इन्र्टनसिपको लागि विभिन्न मिडियामा जानुपर्थ्यो। सोही अनुरुप पाँच जना विद्यार्थी भने सरकारी संचारमा अरु को जालान् र ? आफ्नो त इन्र्टनसिप राम्रै हुने भयो भन्ने सोच्दै त्यहाँ पुगेका थिए । गोरखापत्रको समाचार शाखा प्रमूखको यस्तो अनपेक्षित जवाफ पाएपछि उनिहरु मध्येकै एक जनाले भने– " सर हामी त धेरै मिडियाहरु भएकोले नाम चलेका ठूला निजि मिडिया हाउसमा अरु साथिहरु जान्छन् होलान् र हामीले चाही त यहीँ गर्न पाइहाल्छौँ भन्ने सोचेका थियौँ । हाम्लाइ त यहाँ आउने पहिलो समूह नै हामी होऔँला भन्ने पो लागेको थियो । हाम्रो क्याम्पसबाट अरु पनि आइसके र सर ? " " होइन, तपाइँको क्याम्पसबाट त अरु आएका छैनन् तर निजि कलेजकाहरु पनि त आउनेछन् नि । सबैलाई त ठाउँ दिनै पर्यो" नि होइन र ? " अब त आफूमध्ये दुइजनाले मात्र इन्टर्नसिप गर्न पाउने भइयो भन्ने कुरा मनमा राख्दै अन्तिममा एक विद्यार्थीले भने फ्याट्ट भनिहाले – " सर हामी पनि सरकारी क्याम्पसका विद्यार्थी, अनि यो पनि सरकारी मिडिया भएकोले सरकारी क्याम्पसलाई त बढि प्राथमिकता दिनुहुन्छ भन्ने सोचेका थियौँ ।" यो कुरा सकिएको मात्र थियो । त्यहाँ उपस्थित पत्रकार मध्येकै पाका व्यक्तिले कडा स्वरमा भने – "आर.आर. क्याम्पसको ठेक्का लिएका छौँ र हामीले ? आए जति सबैलाइ लिनैपर्ने ? " उनि आफ्नै सुरमा बर्बराउन थाले – "यो क्याम्पसले सधैँ यस्तै गर्छ । कुनै पनि साल उसले हामीलाई सोधेर विद्यार्थी पठाएन । भत्ता खाने बेला उनीहरु हामी चाहीँ दुख मात्रै पाउने ? फेरी विद्यार्थीलाई नम्बर दिन पनि कन्जुस्याइँ गर्छ त्यो क्याम्पस ।"
त्यहाँ बाट निस्किएपछि विद्यार्थीहरुको मथिङ्गल घुम्न थाल्यो । साँच्चै क्याम्पस (पत्रकारीता विभाग) ले त उनीहरुसँग त केही कुरा नै गरेको थिएन नि । मिडियाको नाम लेख्ने ठाउँ खाली भएको अग्रिम तयार भइराखेको पत्र फोटोकपि (पसल) मा किन्न लगाएर कुन मिडिया (संचार माध्यम) मा जान मन छ त्यसकै नाम भरेर त पठाइएको थियो नि ।
ति पाँच जनाको मात्र होइन अधिकांश विद्यार्थीको इन्टर्नसिप अनुभव यस्तै रह्यो । यि अनुभव साटासाट गरिरहँदा रामकृष्ण नामका विद्यार्थीले भने –" हेर्नुस् म त अहिले सम्म तिनवटा मिडियामा गइसकेँ । पहिला हिमालय टाइम्स पत्रिकामा गएँ , त्यहाँ चित्त नबुझेर एउटा साप्ताहीक पत्रिकामा गएँ अहिले रेडियो उपत्यकामा गर्दैछु ।" उनले यो पनि भने की कान्तिपुर, अन्नपूर्ण जस्ता ठूला मिडियाले त नजिकका मानिसलाई मात्र इन्टर्नसिपको मौका दिन्छन् रे । अनि राजधानी, समाचारपत्रले चाहिँ विद्यार्थीबाट पाँच पाँच सय रुपैयाँ उठाएर मात्र इन्टर्नसिप गर्न दिन्छन् । उनको कुरामा अर्को एक विद्यार्थीले भने – " हो त नेपाल टेलिभिजनमा त इन्टर्नसिपको लागि झन् एक हजार रुपैँयाँ लिन्छन् रे । हामीले कसैलाई रोजगारी नै त मागेका होइनौ नि, हामी त बेतलबी रुपमा समाचार संकलनमा दुइ महिना काम गर्ने पो भनेको त । हामीलाइ भत्ता दिनु त कता हो कता उल्टै हामी सँग पैसा लिने यो त अति भो नि यार ।" यो कुरा सुनिरहेका प्रमोद दंगालले सुनाए – " हेर्नुस् ,म इन्र्टनसिपको लागि उज्यालो नाइन्टी एफ.एम.मा गएको थिएँ । बिहान टेम्पो चढेर एफ एम को अफिसमा पुगियो । त्यसपछि समाचार संकलन गर्न पठायो । एकै दिनमा मेरो बस भाडामै सय रुपैँयाँ खर्च भयो । त्यसपछि त्यहाँ जानै छोडेँ । दिनको सय रुपैँया खर्च कहाँ बाट पैसा पाउनु ?"
कुरा अब अर्कै प्रसंगमा मोडियो । के स्वतन्त्र रुपले सबैले पत्रकारिता गर्न पाएका थिए त ? खै सोचे भन्दा धेरै नै फरक रहेछ मिडियाका काम त । कतै समाचारलाइ धेरै नै काँटछाँट गर्ने गरेको पाइयो । एउटा एफ एममा त प्रशिक्षार्थी पत्रकारलाई भोलि के बारे रिपोर्ट ल्याउँछौ भनेर सोधेको र भोलिपल्ट अघिल्लोदिन जसले सोध्यो उसले नै सोही विषयमा रिपोर्ट तयार गरेर बजाइसकेको हुन्थ्यो । पत्रकारिताका यि विद्यार्थीलाई त नयाँ विषय पाउन पो प्रयोग गरे त । के यो विद्यार्थीको श्रम शोषण होइन ?
यसवर्ष मात्र होइन प्रत्येक वर्ष पत्रकारिताका विद्यार्थीले भोग्ने गरेको तितो यथार्थ हून् यि घटना । पत्रकारिता पढेर भोलिका दिनमा यसैलाइ पेसा बनाउने सोचेका धेरै विद्यार्थीको दुइ महिने अभ्यास यस्तै अलमलमा वित्ने गरेको छ । यस्तो अनुभवले तिनको भविष्य के हुने हो ? अनि कस्तो हुनेछ नेपाली पत्रकारिताको भविष्य ? संचार माध्यमका साधनको संख्या जति थपिँदा पनि स्तरीय नहुनुको कारण हाम्रो यस्तै सिकाइले गर्दा त हो नि । यसबारे सरकार, सम्बन्धित शैक्षिक संस्था, र नेपाली संचार माध्यमहरूले समयमै ध्यान पुर्याउनु जरुरी छ ।
Friday, September 25, 2009
कलियुगमा खराउ यात्रा
कालिमाटीमा हिँड्दै थिएँ । टक टक आवाज निकाल्दै नजिकै हिँडीरहेको एक जनामा मानिसको गोडा निकै छिटो छिटो बढिरहेको देखेँ । गोडामा हेरेँ उनि त काठको खराउ पो लगाएरर हिँडिरहेका रहेछन् । ओहो, कलियुगमा खराउ लगाएर यात्रा ! अनि त्यो मानिसलाई रोकेरै तस्वीर खिचिहालेँ । भारतको विहार राज्यको बेतिया जिल्लाका उनको नाम रहेछ पं.श्रीकान्त चौवे । उमेर ५८ वर्ष । उनि ज्यतिष एवं पण्डित रहेछन् । खास गरि कालिमाटी देखि कुलेश्वर ,बल्खू सम्म रहेका भारतिय मूलका फलफूल व्यवसायिका प्रमूख ब्राम्हण रहेछन् उनी । उनीहरुको जन्म देखि मृत्यू सम्मका सबै संस्कारमा उनको उपस्थिति अनिवार्य हुन्छ रे । आफ्नो काम सँगै आफ्ना जजमानहरु अमेरिका सम्म पनि छन् भनेर गफ दिन भ्याइहाले उनले । तर मेरो उदेश्य भने खराउ संवाद गर्नुमात्र थियो , उनको जजमान पौरख सुन्नु थिएन । त्यसैले सिधै सोधेँ किन खराउ लगाउनु भएको ? यो लगाएर हिँड्न अप्ठ्यारो हुँदैन ? उनको जवाफ थियो – “हेर्नुस् भाइ यो एकदम शुद्ध हुन्छ । पूजाकोठामा पनि यहि लगाइ हिँडे हुन्छ । छालाको जुत्ता लगाइ मन्दिर जानुहुँदैन तर हेर्नुस् यो जहाँ गए पनि फुकाल्नु पर्दैन । ” यसको फाइदा यहि शुद्धता मात्र हो की अरु पनि छन् त ? उनी धारा प्रवाह खराउको महिमागानमा उत्रिए – “यो खराउ लगाएर हिँडेपछि रक्तचाप बढ्दैन्, तपाइँको आँखा पनि सँधै स्वस्थ हुन्छ । मैले यो लगाएर हिँडेपछि कहिले पनि बिरामी परेको छैन ।” कति भयो यो लगाउनु भएको ? “अठार वर्ष देखि लगातार यसैमा हिँडिरहेको छु । हिँड्ने मात्र होइन, साइकल चलाउँदा, मोटरसाइकल चलाउँदा पनि यहि लगाउँछु । मसँग अरु जुत्ता नै छैन । ”
उनको दुवै गोडाका औँला हेरेँ । केवल बुढी औँला र चोर औँलाले च्यापेको भरमा उनी सजिलै हिँड्दा रहेछन् । काठको सानो ठोस्काको भरमा सिँगो खराउ उचाल्दा दुख्दैनन् त औँला ? “ दुख्दैन । अहिले त बानि नै परिसक्यो नि । ” देखेँ, उनको दुवै गोडाका औँला किसानको हातमा कोदालो चलाउँदा उठेका ठेला जस्तै कहिल्यै नदुख्ने गरी साह्रो भइसकेका थिए । कसले सिकायो त यो लगाउन ? “ अयोध्यामा वैदिक शास्त्र पढ्दा देखिनै सुरु गरेको हो यो लगाउन । म गुरुकुलमा पढेको मान्छे हूँ । त्यहाँ सबैले चाहेर पनि नचाहेर पनि यहि लगाउनु पर्ने बाध्यता थियो । बिचमा केहि समय लगाइन तर अहिले यहि नै सजिलो छ मलाइ त ।” कति रुपैयाँमा पाइन्छ त यो ? “ यो बजारमा किन्न त कहाँ पाउनु नि । सिकर्मीलाई अर्डर दिएर बनाउन लगाएको हो । एक जोडीलाई पाँच सय रुपैँयाँ पर्छ । तर नेपालको सडकमा यो तीन महिना भन्दा बढी टिक्दैन । घाम पानी त्यसमाथि सडकमा खाल्टा खल्टीमा जमेका पानी , यसले गर्दा यो धेरै टिक्दैन ।” पाइतला टेक्ने काठको,औँलाले च्याप्ने ठोस्को पनि काठकै अनि तलको सोल पनि काठकै,त्यसमाथि हिँड्दा पनि छालाको ड्यामबुट लगाए भन्दा ठूलो टक टक आवाज । गज्जब छैन त खराउ !
Wednesday, September 9, 2009
महिलाका लागि छुट्टै बस
Thursday, August 6, 2009
भैरव अर्यालका कविता
प्रसिद्ध व्यङग्यकार भैरब अर्यालले कवितामा पनि कलम चलाएका छन् भन्ने मलाइ थाहा थिएन । उनका केही कविता पढ्ने मौका मिलेकोले आज गाइजात्राको अवसर पारेर उनको व्यङग्यात्मक कविता यहाँ राखेको छु ।
खोल
अस्पतालको सगाल पलङमा
सेतो सुकिलो ओच्छ्यान पाइ
नयाँ रोगि रम्दछ पहिले
खोल र तन्ना सुम्सुम्याइ
अहा ! कस्तो सफा विच्छौना,
हातको मयल पनि सर्ला जस्तो
कति नरम औ कति मनोरम
खोपि भित्रको शैय्या जस्तो ।
तर जब ओल्टेकोल्टे गर्दा
तन्ना खोल अलि सर्न जान्छ ,
अनि रोगीको आँखा सहसा
भित्री तहमा पर्न जान्छ ।
ती सुकिला खोलहरू भित्र
कति थाङ्ना ती सिरह डसना
टाल्दैतुन्दै छोप्पिरहेको,
सयौं वर्षको अवशेषपना
छ्या! छ्या!! देख्दै डुङ्ग गनाउने
पीप रगतका टाटैटाटा
जति पल्टायो उति घिन लाग्दो
दिशापिशाबले कुहिँदा पाटा
देख्दछ जब यो रोगि
अनि पो खुल्दछ उसमा भित्री पोल
नब्य झैँ लाग्ने, भव्य झैँ लाग्ने,
ओछ्यान रहेछ केवल खोल
दारा किट्छ अनि त्यो रोगि
चिच्याउन लाग्छ च्यात्तै खोल
खोल खोलमै कति दिन धान्छौ
जगजीवनको मोल ।
तर नारी समाइ भन्दछ डाक्टर
छैन यसको ब्रेन कन्ट्रोल
अनि धाइले प्याइदिन्छे
मुसुक्क हाँस्तै रङ्गिन झोल ।
मेच
′ म ′ माने एउटा मेच
एउटा आसन एउटा अडेस
तर छ एउटा महत्व विशेष
चार खुट्टा गतिशेष
′ म ′ माने एउटा मेच
कारिन्दा
उठ्
पुछ्
खा
चुठ्
दुगुर्–दुगुर्
स्वाँ–स्वाँ
बस् धस्
हस् हजुर
लुखुर–लुखुर
स्याँ–स्याँ
तिहुन तमाखु थप
पापाको संसार
ऐजन ऐजन लम्पसार ।
खोल
अस्पतालको सगाल पलङमा
सेतो सुकिलो ओच्छ्यान पाइ
नयाँ रोगि रम्दछ पहिले
खोल र तन्ना सुम्सुम्याइ
अहा ! कस्तो सफा विच्छौना,
हातको मयल पनि सर्ला जस्तो
कति नरम औ कति मनोरम
खोपि भित्रको शैय्या जस्तो ।
तर जब ओल्टेकोल्टे गर्दा
तन्ना खोल अलि सर्न जान्छ ,
अनि रोगीको आँखा सहसा
भित्री तहमा पर्न जान्छ ।
ती सुकिला खोलहरू भित्र
कति थाङ्ना ती सिरह डसना
टाल्दैतुन्दै छोप्पिरहेको,
सयौं वर्षको अवशेषपना
छ्या! छ्या!! देख्दै डुङ्ग गनाउने
पीप रगतका टाटैटाटा
जति पल्टायो उति घिन लाग्दो
दिशापिशाबले कुहिँदा पाटा
देख्दछ जब यो रोगि
अनि पो खुल्दछ उसमा भित्री पोल
नब्य झैँ लाग्ने, भव्य झैँ लाग्ने,
ओछ्यान रहेछ केवल खोल
दारा किट्छ अनि त्यो रोगि
चिच्याउन लाग्छ च्यात्तै खोल
खोल खोलमै कति दिन धान्छौ
जगजीवनको मोल ।
तर नारी समाइ भन्दछ डाक्टर
छैन यसको ब्रेन कन्ट्रोल
अनि धाइले प्याइदिन्छे
मुसुक्क हाँस्तै रङ्गिन झोल ।
मेच
′ म ′ माने एउटा मेच
एउटा आसन एउटा अडेस
तर छ एउटा महत्व विशेष
चार खुट्टा गतिशेष
′ म ′ माने एउटा मेच
कारिन्दा
उठ्
पुछ्
खा
चुठ्
दुगुर्–दुगुर्
स्वाँ–स्वाँ
बस् धस्
हस् हजुर
लुखुर–लुखुर
स्याँ–स्याँ
तिहुन तमाखु थप
पापाको संसार
ऐजन ऐजन लम्पसार ।
Subscribe to:
Posts (Atom)

