चलचित्रले
समाजको लागि योगदान दिनुपर्छ, यो मनोरञ्जनको साधनमा मात्र
सिमित रहनु हुँदैन भन्ने मान्यताले गर्दा केहि चलचित्रहरू हाम्रा दैनिक जीवनका
प्रत्येक घटनामाथि पनि बनिरहेका छन् । साहित्यिक कृतिमाथि पनि चलचित्र बनिरहेको छ
। दोस्रो विश्वयुद्ध पछि इटालीमा केही यस्तै गम्भीर प्रकारका चलचित्रहरू बनेका छन्
। जून आज पनि त्यतिकै सान्दर्भिक लाग्छन् । यहाँ यस्तै खालको एउटा चलचित्रको चर्चा
गर्दैछु ।
जीवन
के हो ? जीउने विधि के हो ? कसरी बाँच्दा उपयुक्त हुन्छ ? आफ्नो
जीवनलाइ कस्तो पाउनुहुन्छ ? यी र यस्ता जीवन माथिका प्रश्नमा
धेरै विद्वानहरूले आफ्ना ज्ञान बाँडेका छन् । तैपनि यसमाथिको बहस अनन्त छ । हेर्ने
र भोग्नेका नजरमा निहित हुन्छ जीवन । कसैले यसलाइ एउटा खेल सम्झन्छन् , कसैले संघर्ष , कसैले धोका , कसैले वाध्यता यसलाइ धेरै कोणबाट व्याख्या गर्न सकिन्छ ।
जीवनलाइ एउटा रमाइलो खेलको रुपमा देखाइएको चलचित्र हो– Life Is Beautiful ।
Guido एक यहुदी पुरुष हो । उ शहरमा एउटा
किताब पसल चलाउने सपना लिएर आएका छन् । तर यो तत्काल सम्भव नभएकोले एउटा
रेष्टुरेन्टमा वेटरको रुपमा काम गर्छन् । उनका लागि प्रत्येक दिनहरू सुन्दर छन् ।
अझ एउटा साथीले विद्वान Schopenhauer को ‘इच्छा शक्तिमा धेरै शक्ति छ, भित्री
मनले इच्छा गर्दा जे पनि प्राप्त हुन्छ’ भन्ने कुरा सुनाएपछि त यसलाइ
गज्जबले प्रयोग गरिरहन्छन् । त्यसैले उनि आफ्नो प्रेमिका (Dora) लाइ उनको विवाहको घोषणासभा बाटै भगाएर बिहे गर्न पनि सफल
हुन्छन् । चलचित्रको आधा भागमा यस्तै रमाइलो हाँसो ठट्टाले भरिएको छ ।
बिहेको
करिब पाँच वर्ष पछिको दृश्यमा उनले एउटा सेकेन्डह्याण्ड किताब पसल खोलिसकेका
हुन्छन् । उनको एउटा छोरो पनि हुन्छ– Joshua । उनि खेलौना खेल्न
रचाउँछन् । बाबु आमाको प्यारो उसलाइ नुहाउन पटक्कै मन पर्दैन नुहाउने कुरा उठ्यो
की लुक्न थाल्छन् । (यसदृश्यले धेरैले
आफ्नो बाल्यकाल सम्झिन्छन् ।) उनको जन्मदिनमा एउटा नयाँ खेलौना ट्याङ्क ल्याइदिन
उनि आफ्नो बुबालाइ फकाइरहेका हुन्छन् ।
छोरालाइ लुकीबसेको ठाउँमा खानेकुरा दिँदै Guido |
अचानक
शहरमा हिटलरका सैनिकहरू परेड खेल्न थाल्छन् । शहरमा बसोबास गरिरहेका यहुदीहरूलाइ
पक्राउ गरेर उनिहरूलाइ अज्ञात ठाउँमा लैजान्छन् । Guido
पनि एक यहुदी भएकोले उनलाइ उनको छोरा सहित गाडी र रेलमार्ग हुँदै लगिन्छ । बालक Joshua बाबुलाई आफूहरू कहाँ जाँदैछौँ भनि प्रश्न गर्दा उनको जन्मदिन
मनाउन कतै टाढा जान लागेका छौँ भन्दै उनका प्रत्येक बालसुलभ प्रश्नका उत्तर दिँदै
जान्छन् ।
Guido की पत्नी यहुदी नभएकिले उनलाइ भने
सैनिकले लग्दैनन् तर आफ्नो पति र छोरालाइ लगेको थाहा पाएपछि उनि पनि त्यहि रेलमा
चढ्छिन्, एउटा अज्ञात यात्रामा ।
एउटा
बन्द क्याम्प जस्तो देखिने इलाकामा रेल प्रवेश गरेपछि त्यहाँ उनिहरूको बस्ने ठाउँ
अनि कामबारे जर्मन भाषामा बताइन्छ । छोरालाइ आफूहरू यातनागृहमा भएको कुरा थाहा
नदिइ त्यहाँ एउटा खेल खेल्न आएको र जसले धेरै अंक ल्याइ यो खेल जित्छ उसले नयाँ
खेलौना ट्याङक पाउँछ भनि बुझाउँछन् । छोरालाइ सुत्ने ठाउँमै दिनभरि बस्न लगाइ Guido अरु यहूदिहरू सँगै त्यहाँको फलाम फ्याक्ट्रीमा उनिहरूलाइ
अह्राए अनुसार गह्रुँगो फलाम बोक्छन् । त्यो ठाउँमा जो जहिलेसम्म काम गर्न सक्छन्, त्यतिन्जेल मात्र बाँच्न पाउँछन् । काम गर्न नसक्ने भएपछि
सेनाले गोलि हानेर मारिदिन्छन् । उता Guido की पत्नी पनि त्यसरी नै काममा खटिएका हुन्छन् ।
त्यहाँ बुढाबुढीहरू र बच्चाहरूलाइ काम लगाइँदैन भन्ने थाहा पाउँदा कम्तिमा बच्चाका
निम्ति त सैनिकहरू दयावान रहेछ भन्ठानेकी उनी त्यतिखेर भावशुन्य हुन्छिन् जब
सैनिकहरूले उनिहरूलाई ग्यास च्याम्बरमा राखेर हत्या गर्छन् भन्ने थाहा पाउँछिन् ।
आफ्ना पति र छोरा ल्याइएकोले आएकी उनी उनिहरूको अवस्था थाहा पत्तो नहुँदा
किंकर्तव्यविमुढ हुन्छे । तर सबैको आँखा छल्दै आफूहरू सुरक्षित रहेको भन्ने
जानकारी दिन Guido माइकिङ गर्ने, बजिरहेको गीतमा पत्नीलाइ मनपर्ने अपेरा बजाइदिने गरेर यस
बन्दीगृहमा नदेखे पनि एक अर्कालाइ महसूस गर्न सकिरहेका हुन्छन् ।
धेरै
दिनसम्म बाहिर डुल्न पनि नगइ लुकेर बस्न सके (लुकामारी जस्तै) यस खेलको अंक बढ्छ
भन्ने आशा दिएर लुकाइएका छोरा Joshua बस्दा बस्दा दिक्क लागेर घरमा जाने अनि आमालाइ
भेट्ने भनि अड्डी लिन्छ । ‘हामीले खेल जित्न लागेका
थियौँ, ल ठिकै छ जित्ने खेल पनि नखेलि घर
जान्छु भन्छौ भने हिँडौँ न त’ भन्दै Guido छोरालाइ जीत प्रति लोभ्याउँछन् ।
केही
दिनपछि अमेरिकी सेनाले त्यो ठाउँमा धावा बोल्छ । बाहिर गोलाबारुद चलिरहेको हुन्छ
अनि यो नै त्यस ठाउँबाट बाहिरिने र पत्नीलाइ पनि छुटाउने मौका हो भन्ने सम्झेर
छोरा Joshua लाइ एउटा बाकसमा लुक्न लगाएर Guido बाहिर निस्कन्छन् पत्नीको खोजिमा । अहिले चलिरहेको खेल
लुकामारी जस्तै भएकोले बाहिरको होहल्ला र मान्छेको पदचाप बन्द भएपछि मात्र निस्कनु
अनि मात्र धेरै अंक ल्याएर जित्न सकिन्छ भन्दै छोरालाइ त्यहाँ लुकाएका हुन्छन् ।
तर यस बिचमा Guido लाइ जर्मन सेनाले पक्रिन्छ र उनको
हत्या हुन्छ ।
रातभरको
घमासान युद्धपछि बिहान सबै शुन्य भएपछि Joshua बाहिर निस्कन्छन् र आफ्नो
पछाडी आइरहेको सेनाको ट्याङ्क देख्छन् । सेनाले उसलाइ बोकेर ट्याङ्कमा बसालेर
लैजान्छन् । बाटोमा आफ्नी आमालाइ देखेर बोलाउँछन् अनि भन्छन् –“आमा हामीले यो खेल जित्यौँ अनि हेर्नुस् त मैले साँच्चै नयाँ
ठूलो ट्याङ्क पाएँ । ” Dora आँखाभरी आँशु राखेर आफ्नो
छोरालाइ अंगाल्दै भन्छिन् –“हो हामीले जित्यौँ” । यसरी चलचित्र सकिन्छ ।
चलचित्र
कस्तो हुनुपर्छ ? चलचित्रले कस्ता विषय समेट्न सक्छ ? चलचित्र क्षेत्रमा आफूलाई अलग देखाउन चाहनेहरूले यो चलचित्र
हेर्दा उपयुक्त हुन्छ ।
No comments:
Post a Comment