नेपालका सेलिब्रेटी
भनाउँदाहरुका अन्तरवार्ता आएपछि कसो कसो पढुँ न त भन्ने लागेर पढ्न सुन्न र हेर्न
लाग्छु । यि अन्तरवार्तामा प्रायः सबै प्रश्न र उत्तरहरू उस्तै हुने गर्छ अनि
बेकार पढिएछ , हेरिएछ भन्ने लाग्छ । अझ झर्को लाग्ने कुरा त के
भने, सबैलाइ नछुटाइने एउटा प्रश्न — “तपाइँलाइ
आफ्नो कमजोरी के हो जस्तो लाग्छ ?”
यो प्रश्न जति झर्को
लाग्दो छ , यसको उत्तर झन् बढि झर्को लाग्दो छ ।
हजुर तपाइँले पनि
यसको उत्तर ख्याल गर्नुभएको होला — “म जोकोही मान्छेहरूलाई
पनि चाँडो विश्वास गर्छु । यो बानी चाहिँ सुधार्नै सकिएन ।”
अधिकांश सफल ठानिएका
सेलेब्रेटीका यस्ता कुरा सुनेर हैरान हुन्छु ।
अरुलाई धेरै विश्वास
गर्ने मान्छे सायदै यसरी चर्चामा चुलिन्थे होलान् । अनेक ठाउँमा धोका हुन्थ्यो, धेरै क्षति हुन्थ्यो होला । पाठक, श्रोता र दर्शकका आँखामा छारो हालेर यस्ता उत्तर
दिनेहरू प्रति दया आउँछ । कठै .. । यिनको यो नराम्रो बानी चाहीँ चाँडै सुध्रोस् है
। हामी शुभचिन्तकहरु यहि त कामना गर्न सक्छौँ क्यारे अरु त के गर्न सक्छौँ र ? की
कसो ?
No comments:
Post a Comment