Monday, February 6, 2012

चटक र क्रान्ति

- नर्मदेश्वर प्रधान




त्यस जादुगरले
झोलाबाट
क्रान्ति झिक्यो...
भोटो जात्रामा भोटोलाई झैँ उसले
चारै कुनाबाट देखायो....
म विस्मित,
मैले ताली बजाएँ....
खुब बजाएँ....
केही छिनपछि
उसले क्रान्तिलाई फेरी
खाली झोलामा राख्यो
उसको छूमन्तरले
क्रान्ति
झोलाभित्रै बिलायो
आफ्नो चमत्कारबाट
गर्वित
त्यो जादुगर,
उसले ताली बजायो, खुब बजायो
तर, यो पालि किन हो
मैले ताली बजाइनँ.....।







(नेपालभाषाका कविको यो कविता नागरिक दैनिकबाट साभार गरेको हूँ ।)