Wednesday, October 12, 2011

आफ्नै आँखाको लयमा पढेपछि


करिब तिन महिना अघि नै हात परेको खगेन्द्र संग्रौला द्वारा लिखित "आफ्नै आँखाको लयमा" यसपाली दशैमा पढियो । यो उनको आत्मसंस्मरणात्मक निबन्ध संग्रह हो । अधिकांश पहिले नै दैनिक पत्रिकामा छापिसकेका र केही नयाँ निबन्धहरू यसमा समावेश छन् ।

यी आत्मसंस्मरणमा उनी निकै खुलेका लाग्छन् । बाबुछोराको सम्बन्ध, अविभावकिय संरक्षण दिने जेठो दाजुको सम्झना अनि जून हो वेवकूफका शिक्षक वामदेव सर र यस्तै उनले सँगत गरेका पात्रहरूको सटिक र खुलस्त वर्णनहरू यसमा समावेश छन् । खगेन्द्र संग्रौलाका आख्यानहरू पढ्न नपाएको धेरै भएको थियो । यि लेखहरू निबन्ध नै भए पनि उनको संवादात्मक र सरल भाषाशैलीले गर्दा यो पुस्तक पठनीय बनेको छ । यो पुस्तक अझ फूर्सद लिएर पढ्दा यसको मजा लिन सकिन्छ । कहिले पढ्दा-पढ्दै आँखा आँशुले भरिएर आउँछन् भने कहिले एक्लै खितिती हाँस्न मन लाग्छ ।

प्रस्तुत पुस्तकको केही अंश यहाँ समावेश गरेको छु ।

विश्वका दमनकारी दादाहरूलाइ त्यो विनाशकारी धक्का (ट्विन टावरमा भएको हमला) का अत्याचारी कारणहरू खोज्न चिन्ता छैन , ति त केवल हानिरहित मनुवाहरूका पुन्टे झोलामा बमसम खोज्न लगाउँदै अर्को विनाशाकारी धक्काको मूर्खतापूर्ण प्रतिक्षामा छन् ।

वेस्ट सेलर भनिने पुस्तक गुणवत्तामा वेस्ट नै हुन्छ भनी आँखा चिम्लेर नपत्याउनु, प्रायः यस्ता वेस्ट सेलरमा अतिरञ्जित विज्ञापन र व्यापारिक स्वार्थको मायावी लेप लगाइएको हुन्छ । केवल विक्रीको संख्या पुस्तकको श्रेष्टताको नापो होइन ।

No comments: