Wednesday, February 17, 2016

Carpooling : केही फरक अनुभुति



Carpool को ठ्याक्कै अर्थ के हो मला थाहा छैन । भारतले नाकाबन्दी लगाएपछि भएको इन्धन अभाव र त्यसबाट सार्वजनिक यातायातमा आवत-जावत गर्नेहरूला परेको मर्का कम गर्न नेपाली-नेपाली बीच देखिएको अद्वितीय एकताको रूपमा काठमाडुका सडकमा व्यापक भयो Carpool । निजी दुइपांग्रे र चारपांग्रे सवारी भएकाहरू घण्टौँ सम्म सार्वजनिक यातायात कुर्न वाध्य र फाट्टफुट्ट चलेका गाडीमा सास्तीपूर्ण आवतजावत गरिरहेका सर्वसाधारणला आफ्नो सवारीमा लिफ्ट दिन खुलेर प्रस्तुत भए ।
त्यस निम्ति फेसबुकमा Carpool liftmandu जस्ता पेजहरू बनाएरै लिफ्ट लिन र दिन थालियो , यी पेजहरू आफैमा कतिको प्रभावकारी रह्यो त भन्न सकिँदैन तर यिनमा भएको सक्रियताबाट एउटा कुरा प्रष्ट भयो - हामी नेपाली एक अर्काला परेको बेला मन फुकाएर सहयोग गर्न तयार छौँ ।

लिफ्ट लिन र दिनका लागी फेसबुकको अफरले काम गर्यो की गरेन थाहा भएन , तर नीजी सवारी भएकाहरू बस स्टप वरपर आएर कहाँसम्म जाने भनि सोध्दै लिएर जाने दृश्य साँच्चै नै सम्झना गर्न लायक क्षण छन् । यसबाट यस्तो हुन गयो की कसैला लिफ्ट नदिँदा आफू कतै स्वार्थी त देखिएन ? एक्लै यात्रा गर्नेहरूको भित्री मनमा कसैला लिफ्ट दिन नपाउँदा नमज्जा महसुस गरेको पनि देखियो । Black मा किनेको तेल अनि सर्वसाधारण लाइ लिफ्ट । लिफ्ट लिने र दिने कतिपय पात्र उभ्याएर साहित्यकारहरू साहित्य कोर्न पनि भ्याइसकेका थिए ।

यो पंक्तिकार आफै लिफ्ट दिन तम्सिँदाका केही पल यहाँ सम्झना गर्न खोज्दैछु ।
Carpooling - 1
गएको केही वर्ष अघिदेखि नै एकजना टन्न दाह्री पालेका विद्यार्थी नेता कहिले बल्खु त कहिले किर्तिपुर वरीपरी भेटिन्थे । अझै पनि भेटिन्छन् । उनला हेर्दा लाग्थ्यो यिनको काम नै लिफ्ट लिनु हो कहिले बल्खु देखि किर्तिपुर त कहिले किर्तिपुर देखि बल्खु । बस स्टप नजिकै चनाखा आँखाले कताबाट मोटरसाइकल आउँदैछ हेरिरहन्थे , आफ्नो नजिक आउनेबित्तिकै हातले इशारा गरेर रोक्न खोज्थे धेरैले रोकेर उनला लिएर जान्थे , केहीले रोक्थेनन् । यि महानुभावला सार्वजनिक यातायातमा होइन अरूको मोटरसाइकल पछाडि बसेकै बढि भेटिन्थ्यो ।

एकपल्ट यो पंक्तिकारले उनला लिफ्ट दिँदा सोधेको थिएँ – 'यसरी नै चलेको छ है ? ' उनी गम्भीर देखिन्थे । "चलेकै छ । अधिकांशले लिफ्ट दिएकै छन् ।" उनी भन्दै थिए- "हेर्नुस् लिफ्ट त्यस्ता मान्छे दिँदैनन् जो खराब काम गर्छन् र अरूबाट आफूला असुरक्षित महसुस गर्छन् । समाजमा अरूला दुःख दिनेहरू आफ्नो स्वार्थको लागि जे पनि गर्न सक्नेहरू लिफ्ट दिन तर्किन्छन् तर यहाँ तपाइँ जस्ता खुला दिल भएकाहरू नै धेरै छन् ।" यसो भन्दै उनले मला पनि फुर्क्याए ।

Carpooling - 2
एकपल्ट शहिदगेटमा किर्तिपुर जाने कोही हुनुहुन्छ भन्दै अफर गर्न थालेँ ।  मोटरसाइकल पछाडी सामान देखेपछि नजिक आइसकेकाहरू पनि फेरी बसको बाटो नै हेर्न थाले । एकजना महिला नजिक आइन् अनि पछाडी भएको सामान उनला काखमा लिन लगाएर उनला लिएर गएँ । सामान देखेर तर्केकाहरू वाल्ल परेर हेरिरहे ।


Carpooling - 3

कालीमाटीबाट एकजना युवती चढिन् । कुपण्डोलसम्म पुग्दा नपुग्दै रोक्ने इशारा गरिन्, रोकिदिएँ । अब झरेर उनी Thank u भन्न लागेकी होला भन्ठानेर  Welcome भन्न खोजेको मात्र के थिएँ पछाडि फर्केर हेरेको त उनी त सडक पारि पुगीसकिछन् ।
Carpooling - 4

शहिदगेटबाट एकजनाला किर्तिपुरसम्म लिइ आउँदा झर्नेबेला thank u  को बदलामा उनले कति पैसा लिनुहुन्छ दापो भनिन् । आफैला लाज लाग्यो हाय मैले कस्तीला लिफ्ट दिएछु ।

Carpooling - 5

बिहानको समय ५ बजेतिर किर्तिपुरबाट बल्खु हुँदै रत्नपार्क जाने गाडी १५ / १५ मिनेटमा छुट्छ, नाकाबन्दीताका पनि यो नियमित थियो । दिउँसो बरू चढ्न गाह्रो थियो तर बिहान सजिलै चढ्न सकिन्थ्यो । सार्वजनिक गाडी चढ्न सकिने समयमा लिफ्ट नदिउँ जस्तो लाग्दो रहेछ । तर कोही मान्छे अचम्मका हुँदा रहेछन् हातको इशाराले रोक्छन् , म कहाँ जाँदैछु नसोधी सिधै चढ्छन् । उनीकहाँ जाँदैछन् सोध्छु । म जानुपर्ने त कालीमाटी सम्म हो , तपाइँ जहाँसम्म जानुहुन्छ त्यहिँ रोकिदिनुहोस् । म त कालीमाटी जानैपर्दैन भन्छु । उनी भन्छन्- तपाइँ जहाँ बाट लानुहुन्छ म मिलाएर झर्छु तपाइँलाइ  अफ्ठ्यारो बनाउँदिन पो दिन्छ, म त ट्वाँ 

जे होस् नाकाबन्दी पछि शहरमा देखिएको सहयोगी भावना एक अर्कामा सदा कायम रहोस् जय Carpooling .

1 comment:

Kamal Budha said...

साहित्यकार तथा पत्रकार दिया चन्द को यो लेख अबस्य पढ्नुहोला http://www.imandarmedia.com/2017/01/diya-chand.html