Friday, June 30, 2017

गरिब परिवारमा किन हुन्छ लोग्नेस्वास्नी झगडा ?



एडोल्फ हिटलर  (Mein Kampf : मेरा संघर्ष बाट )


     कामबाट अचानक बेरोजगारी र बेरोजगारीबाट अचानक कामले आम्दानी र खर्चमा धेरै उतार चढाव हुने भएकाले मितव्ययिता र बुद्धिमतापूर्वक खर्च गर्ने मानिसहरूको बानी खत्तम भैसकेको हुन्छ । शरीर कहिले मजाले खाने र कहिले भोकै बस्नुपर्ने अवस्थासंग बानी परिसकेको हुन्छ । वास्तवमा भोकले  विवेकसम्मत खर्च गर्ने सबै किसिमका योजनाहरूलाई ध्वस्त बनाउँछ, विशेषगरी राम्रा दिनहरूमा जब पुनः रोजगारी पाइन्छ । अघाउजी खाएको बेलामा गरिएका कल्पनाहरू भोकको पिडामा सान्त्वना दिन काम लाग्छन् ।
     भोकले विवेकसम्मत खर्च गर्ने सबै किसिमका योजनाहरूलाई ध्वस्त बनाउँछ, विशेषगरी राम्रा दिनहरूमा जब पुनः रोजगारी पाइन्छ । भोकलाई सान्त्वना दिन पालिएका सपनाहरू इच्छामा परिवर्तन हुन्छ र इच्छा दुषित व्यवहारमा देखापर्छ जब फेरी काम पाउँछ त त्यसबेला आफ्नो आम्दानीलाई अनियन्त्रित तरिकाले खर्च गरेर आत्मसंयमका सबै खाले बन्धनहरूलाई तोड्दछ । यसरी खर्चलाई विवेकपूर्ण ढंगले मिलाउन नसक्दा उसको साप्ताहिक घरेलु बजेटमा अस्तव्यस्तता उत्पन्न हुन्छ । शुरुमा उसको १हप्ताको कमाईले ५ दिन धान्न सक्छ र पछिका क्रमहरूमा त्यो केवल ३दिनका लागि मात्र पर्याप्त हुन्छ र जसै बानी दोहोरिंदै जान्छ तब कमाइले मुस्किलले एकदिन मात्र खेप्न सक्ने हुन्छ र अन्तमा यही क्रम चलिरहेमा पुरै हप्ताको कमाइ एकै रातको मोजमा स्वाहा हुन्छ ।

     प्रायः तिनीहरूको घरमा स्वास्नी र साना नानीहरू हुन्छन् । परिवारै मिलेर हप्ताको कमाइ २३ दिनमै किनमेलमा सक्छन् । पैसा सकेपछि सबैजना सामूहिक व्रत बस्छन् । त्यसपछि स्वास्नी आँखा छलेर छिमेकीकहाँ केही उधारो लिन वा पसलेकहाँबाट ऋण चलाउन,घुम्न शुरु गर्छे ताकि साताको अन्त्यसम्म घर व्यवहार चलाउन सकियोस् । मध्यान्हमा उनीहरू सँगै बस्छन् , योजना बनाउंछन् आगामी तलव पाउने प्रतिक्षा गर्छन्,अहिले भोकै बसे पनि आगामी दिन टन्न खाने सपना देख्छन् । 
     आपतको चरमसिमा त छुन्छ जब लोग्ने हप्ताका शुरुबाटै मनपरी गर्न थाल्छ र स्वास्नी नानीहरूको कसम दिएर त्यसको विरोध गर्दछिन् । त्यसपछि त्यहाँ झगडा हुन्छ र लोग्ने परदेशी जस्तो भएर रक्सी खान थाल्छ र लोग्ने स्वास्नीमा परस्पर वैमनश्यता सृजना हुन्छ । त्यसपछि ऊ प्रत्येक शनिबार रक्सी धोकेर आउँछ र आफ्नो नानीहरूको अस्तित्व रक्षा गर्न स्वास्नीले केही पैसा पाउनको लागि लोग्नेलाई कारखानादेखि घरसम्मै खोज्न थाल्छे । जब आइतबार वा सोमबार लोग्ने खाली घर आउँछ तब त्यो दृष्य अति दर्दनाक हुन्छ ।

1 comment:

makaronline said...

Thank you for good story. my blog is jobsnepal. Thank you.