Saturday, June 13, 2020

रेडियो रिपोर्ट



लकडाउनले गर्दा उर्जाहिन भएर बसिरहेको बेला जेष्‍ठको दोस्रो साता अडियो कारखाना बाट 'घरमै रेडियो/पोडकास्ट कसरी तयार गर्ने' भनेर तिन दिने अनलाईन तालिममा सहभागी हुने मौका पाइयो। लामो समयदेखि रेडियो पत्रकारितामा काम गरिरहनुभएका भुवन तिमिल्सिना, सुवास कार्की र हरिजंग थापा ले रेडियो रिपोर्ट, पोडकास्ट, अन्तर्वार्ता लिने कसरी लगायतका विषयमा धेरै जानकारी एवं आफ्ना अनुभवहरु बाँड्नुभयो। यो बीचमा हामीलाई आफैले रेडियो रिपोर्ट बनाउने र अन्तर्वार्ता लिने होमवर्क पनि दिईएको थियो। हामीले गरेका काममा के कस्ता कमजोरी भए, कसो गर्दा अझै परिस्कृत गर्न सकिन्छ भन्‍ने प्रतिक्रिया पनि दिनुभयो। हामीले प्रत्यक्ष रुपमा भेटेरै गरेको कुनै कार्याशालाको जस्तै अनुभव घरैबाट लिइरहेका थियौँ। यो अनलाईन कार्याशालामा सहभागी हुनुभएका कतिपय त यसअघि नै विभिन्‍न रेडियो, टेलिभिजन कार्यक्रम सञ्‍चालन गरिरहनुभएकाहरु पनि हुनुहुन्थ्यो।
 

घरैमा बसेर रेडियो फिचर तयार गर्ने र अन्तर्वार्ता लिने कार्यको जिम्मेवारी लिइरहँदा आफु भित्र सुस्ताइसकेको पत्रकारिता फेरि जुर्मुराएको अनुभव भएको थियो। जे होस् यो तिन दिनले आफ्नो क्षमतालाई फेरी जाँच गर्ने मौका पनि जुर्‍यो। आयोजक अडियो कारखानालाई धन्यवाद। यहाँ सोहि क्रममा तयार गरेको रेडियो रिपोर्ट र पेसागत बहसका लागि पत्रकारिता पेशा माथि प्रकाश पार्ने अन्तर्वार्ता प्रस्तुत गरिएको छ।

No comments: