Thursday, November 5, 2009

तर्क


हिजो नेपाल टेलिभिजनमा एउटा राजनैतिक अन्तरकृयाको कार्यक्रम हेर्दै थिएँ । कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता गगन थापा र एकीकृत नेकपा माओवादीका चन्द्रबहादुर थापा ′ सागर ′ले गरेको तर्क सुनेर म एकछिन हाँसिमात्र रहेँ । जोक जस्तै लाग्यो । तर्क यस्तो थियो ।

गगन – माओवादी साथीहरुले एउटा कुरा के बुझ्नु जरुरी छ भने ५ भनेको ३ भन्दा ठूलो हो तर ३ र ३ जोडेपछि ६ बन्छ । ६ भन्दा ५ सानो हो ।

सागर — काँग्रेसका साथीहरुले के कुरा बुझ्नु जरुरी छ भने परीक्षामा पास हुन १०० मा ३२ ल्याउनुपर्छ । एकजनाले ३२ अंक ल्याएको छ र अर्कोले २५ र फेरी अर्कोले पनि २५ ल्यायो भने २५ र २५ ल्याउने दुइजनाको नम्बर जोडेर ५० हुँदैमा पास हुँदैन ।

7 comments:

Ashesh said...

मलाई भित्रैबाट चित्त बुझ्यो आजचैँ । यति interesting प्रशंग पोष्ट गर्नुभएछ म तारिफ नगरी बस्नै सकिन । वा वा वा !!!!!!!!!!!

Basanta said...

रमाईलो रहेछ!

ཨོཾ Spiritual Traveler said...

हाहाहा रमाइलो लग्यो |

HAWA said...

अनौपचारिक सैली मा लेख्ने हाम्रो रुची मिल्दो राइछ बसन्त ब्रो.. वास्तब मा मलाई पनि के लाग्छ भने धेर ठुला कुरा गर्नु भन्दा हामी जे छौ तेसलाई नै इमान्दारी पूर्वक लेख्यौ भने त्यो बढी प्रभाव्कारी हुन्छ

जहासम्म यि दुई युवा नेता को कुरा छ.. उहाहरु दुबै आ आफ्नो क्षेत्र का होनहार हुनुहुन्छ.. तर म के भन्छु भने हाम्रा युवा नेताहरु ले नयाँ भिजन दिन सक्नुपर्छ.. बुढा नेताहरु ले जस्तो राजनीती मा दुई र दुई जोडदा पाँच हुन्छ भन्ने जस्तो कुटिल तर्क गरेर मात्र बस्ने होइन

दूर्जेय चेतना said...

हो त रमाईलो रहेछ। यो जोड धटाउको खेलमा खप्पिस नेताहरुलाई जोड्ने र धटाउने बिवाद भए पछि कस्ले सक्ने। यीनिहरु ले जोड्न र धटाउन बाहेक ईन्ट्रिगेसनको हिसाब गर्न सक्ने भए देशको हालत यस्तो हुन्थ्यो र? हा हा

HAWA said...

बिजय ब्रो, कृपया मेरो कुरामा दु:ख नमान्नुहोला.. म शायद अलिकता रफ नै बोल्छु एस्कारण कि कुनै छलफल होस्.. कृपया अन्यथा नलिनुहोला..धन्यवाद

Anonymous said...

हे हे... गज्जब प्रसंग कोट्याउनु भो | ई दुईमा तेश्रो नेता थपिए अझ अर्को रमाईलो प्रसंग जन्माउलान | आखिर नेता न परे |

बास्तबमा ई सबैको अंक न यत्तिकै बत्तीस पुग्छ न जोडे बत्तीस पुग्छ | ई सबै फेल भैसके |