Wednesday, December 2, 2009

फोहोरमा जीवनको खोजि र अरू तस्वीरहरू

सर्टकर्ट बाटोबाट बल्खु पुग्न बाग्मतीको किनारै किनार जाँदै थिएँ । ललितपुर उपमहानगरपालिका भित्रको सम्पूर्ण फोहोर अचेल त्यहीँ फ्याँकिने गरेको रहेछ । फोहोरको गाडी आएको मात्र के थियो फोहोरको लुछाचुँडी गर्न तँछाडमछाड गर्दै मानिसहरूको भिड लागिहाल्यो । जसले बढि प्लास्टिक संकलन गर्न सक्यो उसैले धेरै कमाउने । त्यसैले कोही कोही त फोहोर खसाल्दै गरेको ट्रिपरमै चढेको पनि देखेँ । अनि क्यामरा निकालेर क्लिक गरिहालेँ ।
"ए,भाइ के गरिरहेको ? " पछाडिबाट कसैले बोलाएको थियो । "फोहोरमा झुम्मिएको मान्छेको भिड देखेर फोटो खिचेको दाइ ।" उनले फेरी बोले - "त्यसो नगर्नु ।" म अलमलमा परेँ । किन र दाइ ? यहाँको फोटो खिच्न मिल्दैन र ? उनी केही बोलेनन् बरू घुरेर हेरिरहे । मैले दुइ चार वटा फोटो लिएर गइहाल्छु भनेँ । उनी चुपचाप थिए । एकै छिनमा उनी त साइडमा रहेको ट्रेन चलाएर फोहोरलाइ नदीमा झार्न पो थाले । यो काम दिनदिनै हुने रहेछ । सायद नदीमा फोहोर फ्याँक्ने यो कामबारे कतै ठूलै मिडियामा छापिने त होइन भन्ने डरले उनले मलाइ रोकेका रहेछन् । उनले मुखले त यो कुरा भनेनन् तर मैले व्यवहारबाट यस्तै चाल पाएँ । ल हेर्नुहोस् त कसरी फोहोर खसालिँदै छ नदीतिर ।




अनि यो वस्ती चाहिँ बाग्मती किनारकै नेपाली स्लमनगर ।

आन्दोलनको तस्वीर होइन यो । त्यही बाग्मती किनारकै छेउमा भएको कवाडीमा रहेको बसको अस्थि हो ।


घर जान टि.यू.बाट हिँड्दै गर्दा फूलैफूल भएको यो बाटोले पनि मलाइ तानिहाल्यो अनि यो पनि जोडिदिएँ ।

3 comments:

दूर्जेय चेतना said...

तस्विरले धेरै कुराहरु आफै बोलेका छन्। साह्रै अर्थपुर्ण फोटोहरु कैद गर्नु भएछ। धन्यवाद यसका लागि। तर धिक्कार छ हाम्रो नियतिलाई। धन्य जस्तो सुकै भए पनि चोर्न र ठग्न त हिडेका छैनन् यिनिहरु। देशको प्रधान मत्री र मत्रीहरु भन्दा उच्च छन् यीनिहरु कम्सेकम चोरेर र खादैनन्।

Ashesh said...

वास्तवमा तस्विर आफैँ बोल्छ । यि तस्विरले हाम्रो जीवनस्तरको मात्र हैन हाम्रो चेतनाको नि प्रतिनिधित्व गरेझैँ लाग्यो ।

Unknown said...

Waha Sagar jee Good Short derai damai lagyo tapaiko kura ek dum thik ho.