शायद क्याम्सका शौचालयका भित्तामा जथाभावी कुराहरू लेखिनु नौलो कुरा होइन । गएको साता संयोग परेर भनौँ की हतार भएर एउटा राष्ट्रिय दैनिक पत्रिकाको कार्यालयको शौचालयमा पसियो । हुन त शौचालय प्रयोग गरिसकेपछि पानी भएको ठाउँमा सबैले पानी खन्याउँछन् जस्तो लाग्छ तै पनि त्यहाँ शौचालय प्रयोग गरिसकेपछि पानीले सफा गर्नको लागि अंग्रेजीमा सूचना टाँसिएको थियो । तर अचम्म, टाँसिएको प्रत्येक सूचनालाई हस्तलिखित अक्षरमा जवाफ पो लेखिएको रहेछ । "म अंग्रेजी बुझ्दिन कृपया नेपालीमा लेख्नुहोस्" भन्ने देखि "टाइम पनि त हुनु पर्यो नि" भन्ने सम्मका जवाफ त्यहाँ थिए । पत्रकारितालाई मर्यादित पेसा भनिन्छ , तर नेपालका कति पत्रकार कुन स्तरले सभ्य छन् ? यो प्रश्न उठाउन पाइन्छ कि पाइँदैन मलाई थाहा छैन । अधिकांश पत्रकारले मात्र प्रयोग गर्ने त्यो शौचालयको सूचना र जवाफले म त छक्क परेँ अनि गरिहालेँ क्लिक क्लिक ।






7 comments:
हा हा लौ भित्रकै चुरो निकालिदिनु भएछ। यस्तो ट्वाईलेट साहित्यको निकै चलन छ। टाईम पनि हुनु पर्यो नी भनि रहदा, फल्स गर्ने समय त हुदो हो नी महाशय सगं। लेख्न समय हुने पानी को स्वीच थिच्न समय नहुने।। हा हा। फेरी पानि पनि हुनु पर्यो नि भन्ने कुरा चाहीँ रमाईलै हो। जे होस तपाईको पोष्ट पढ्दा हासो पनि लाग्यो र दिक्क पनि। हा हा
हो नि,सभ्य भनिने पत्रकारहरूकै शौचालयको यो हविगत छ अरूको त के कुरा गर्नु ? कुरो चिन्तनको हो । सरकारी क्याम्पस र स्कुलका शौचालयका त झन् कुरा गरिनसक्नु पो छ । त्यहाँ लेखिएका कुराहरू त अझ यसरी पब्लिस गर्ने प्रकृतिका नि हुँदैनन् ।
हाम्रो नि सद्बुद्धि फिर्ला नि एकदिन । आशा गरौँ ।
Basanta Ji, ur writing is thought provoking. Anyway ani kasto chha ta aru khabar ?
हे..हे...हे....
हँसायो मलाई यो तपाईको पोष्टले । अशेषजीलाई समर्थन गर्छु । ट्वाइलेट साहित्य पढ्न पनि मज्जा नै हुँदो रहेछ । सभ्य पत्रकारहरुले त यसो नगर्नुपर्ने हो तर पत्रकारको खोल ओढेका सभ्य भनिएका असभ्य पत्रकारले चाहिँ बेर लाउँदैनन् यस्तो गर्न ।
बसन्त जी, ब्लग निकै राम्रो लाग्यो । यसअघि छिरेकै रहनेछु । असाध्यै राम्रा चाखलाग्दा पोष्टहरुको संग्रह गर्नुभएको रहेछ तपाईले । अबदेखि तपाईको ब्लगले अर्को पाठक पायो है । ब्लग निरन्तरताको कामना छ तपाईलाई ।
हा..हा..हा मलाई त रमाइलो लाग्यो यो तपाइको यो पत्रकार कै सुराकी ...एउटा साहित्य मैले पनि धेरै पढेको छु...
सेक वेल आफ्टर युज ;)
सबै सभ्य भए देश यस्तो हुन्थ्यो र
saral gurung
Post a Comment